ललितपुर — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
आइतबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार खरेलले ३९ हजार ४९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का प्रेमकृष्ण महर्जन ले ७ हजार ४२० मत पाएका छन्।
त्यसैगरी उज्यालो नेपाल पार्टी का राजाराम तण्डुकार ले ५ हजार ५४७ र नेकपा एमाले का प्रेमबहादुर महर्जन ले ४ हजार ५३६ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी का रघुवरराज थापा १ हजार ७६०, नेपाली कम्युनिस्ट पार्टी का राजेन्द्र अमात्य १ हजार २१७ र श्रम संस्कृति पार्टी नेपाल का सरोज राई ६०८ मत प्राप्त गरेका छन्।
यसैगरी, नेपाल मजदुर किसान पार्टी का चिरी मैया महर्जन (लाखाजु) ले २०७, स्वतन्त्र उम्मेदवार उमङ्ग केसी ले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अष्टराज बज्राचार्य ले ८७ मत पाएका छन्।
