सिराहा — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिराहा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार लीलानाथ श्रेष्ठ ले १० हजार १५६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी का विश्वनाथ साह ले ९ हजार ९४२ र नेपाली कांग्रेस का शुभाषचन्द्र यादव ले ९ हजार ८७९ मत प्राप्त गरेका छन्।
जिल्लाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेती का अनुसार कुल १ लाख १९ हजार २५० मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ४३० मत खसेको थियो।
यस क्षेत्रमा १२ दलसहित ४१ जनाले उम्मेदवारी दिएका थिए। चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिराहामा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ले नै विजय हासिल गरेको छ।
