काठमाडौँ — नेपाली कांग्रेस का नेता गगन थापा ले सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनका क्रममा आफूले देखेका समस्याहरू समाधान गर्न निरन्तर पहल गरिरहने बताएका छन्।
सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। थापाले आफ्नो क्षमताभित्र रहेर उक्त क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि निरन्तर काम गरिरहने बताएका छन्।
फेसबुकमा उनले लेखेका छन्, “यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।”
थापाले आफूलाई पराजित गर्दै सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका डा. अमरेश सिंह लाई बधाई तथा शुभकामना पनि दिएका छन्। साथै उनले आफूलाई मत दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
