बैतडी — प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजय हासिल गरेको छ।
अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार हरि मोहन भण्डारी २२ हजार १३४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै जित सुनिश्चित गरेका हुन्।
नेपाली कांग्रेस का उम्मेदवार चतुर बहादुर चन्द ले १८ हजार १९४ मत प्राप्त गरेका छन्। भण्डारीले चन्दलाई ३ हजार ९४० मतको अन्तरले पराजित गरेका हुन्।
त्यस्तै नेकपा एमाले का उम्मेदवार दामोदर भण्डारी १७ हजार ११ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन्।
