धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन्। गएराति करिब १२:४५ बजे धनगढी उपमहानगरपालिका–७ देवहरिया का ३६ वर्षीय डम्मराज जोशीले आफ्नी श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमील्सिना का अनुसार जोशीले धारिलो हतियार प्रयोग गरी श्रीमतीको टाउकोमा प्रहार गरेर हत्या गरेका हुन्। घटना लगत्तै उनी फरार भएका छन्।
श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षकसमेत रहेको प्रहरीले जनाएको छ।
मृतक सरस्वतीको शव उठाएर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल को शवगृहमा राखिएको छ।
डीएसपी तिमील्सिनाका अनुसार फरार जोशीको खोजी कार्य भइरहेको छ।
