काठमाडौँ — जारी मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवारहरूले इलाम का दुवै निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्। निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार क्षेत्र नम्बर १ मा काजीमान कागते ले अग्रता लिएका छन् भने क्षेत्र नम्बर २ मा सुहाङ नेम्बाङ अघि छन्।
क्षेत्र नम्बर १ मा कागतेले हालसम्म २ हजार ८०३ मत प्राप्त गरेका छन्। यसअघि श्रम संस्कृति पार्टी का विनोद नेम्वाङ लिम्बू ले अग्रता लिँदै आएका थिए, तर अहिले कागते अघि लागेका छन्। श्रम संस्कृति पार्टीका लिम्बू तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेस का निश्कल राई दोस्रो स्थानमा छन्। निश्कल राईले हालसम्म २ हजार ५८९ मत पाएका छन् भने विनोद नेम्वाङले २ हजार ५४६ मत प्राप्त गरेका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का विमल गदाल १ हजार २४४ मत प्राप्त गरेका छन् भने नेकपा का रणबहादुर राई ९६९ मतसहित पछाडि छन्।
त्यसैगरी क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ ले १२ हजार ५७५ मतसहित अग्रता बनाएका छन्। यस क्षेत्रमा श्रम संस्कृतिका सुदीप राई १० हजार ८३६ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका भेषराज आचार्य ले ६ हजार ८७१ मतसहित तेस्रो स्थान बनाएका छन् भने रास्वपाका गोकुल राई ३ हजार ४५१ मतसहित चौथो स्थानमा छन्।
