कैलाली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह लाई २० हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याएका छन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार प्रेमबहादुर आले ७ हजार ८७६ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञराज ढुंगाना (उपाध्याय) ले ५ हजार ८३९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार रोशन शाही को पक्षमा १ हजार ५९२ मत खसेको छ।
