अछाम — नेपाली कांग्रेस का नेता भरतबहादुर स्वाँर अछाम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाल कम्युनिस्ट पार्टी का नेता भीम रावल लाई ५२६ मतले पराजित गरेका हुन्।
निर्वाचन आयोग (नेपाल) का अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रावलले १० हजार २३३ मत पाएका छन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दीपकबहादुर साउद ७ हजार ३८९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार ओमप्रकाश रावल ले १ हजार ७३९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार लोकेन्द्रबहादुर शाह को पक्षमा १०२ मत खसेको छ।
