प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन्।
मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकाल का अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरी विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पृथ्वीसुब्बा गुरुङ ले १६ हजार ८७६ मत प्राप्त गरे। यस्तै नेपाली कांग्रेस का गमप्रसाद गुरुङ ले १६ हजार ५६९ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी का हरिजङ्ग तामाङ ले ३ हजार ३७१ मत प्राप्त गरेका छन्।
कुल १ लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।
