चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार अत्यधिक मतसहित विजयी भएकी छिन्।
सोविता गौतमले ५९,२७७ मत प्राप्त गर्दै अहिलेसम्मकै सर्वाधिक मतको जित हासिल गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी, रेनु दाहाल, ले २०,६१५ मत पाएकी छन्। यसरी गौतम र दाहालबीचको मतान्तर ३८,६६२ मत रहेको छ।
गौतमको विजयी परिणामसँगै कांग्रेस र एमालेका उम्मेदवारहरूको जमानत जफत भएको छ।
प्रतिस्पर्धी रेनु दाहालले फेसबुकमा स्टाटस मार्फत सोवितालाई बधाई दिएकी छन् र चितवनवासीको मन जित्दा पनि मत जित्न नसकेको जनाएकी छिन्।
