पाँचथर निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ। प्रारम्भिक परिणामअनुसार, नरेन्द्र कुमार केरुङ ले अग्रता हासिल गरेका छन्।
पछिल्लो गणना अनुसार प्राप्त मतहरू:
नरेन्द्र कुमार केरुङ (नेपाली कांग्रेस) – ७,८६४ मत
हस्तराज शेर्मा (श्रम संस्कृति पार्टी) – ६,३६५ मत
अइन्द्र सुन्दर नेम्वाङ (नेकपा एमाले) – ५,७४९ मत
हर्क नेम्वाङ मिक्सो (नेपाली कम्युनिष्ट पार्टी) – ४,९७५ मत
हाल पाँचथरको मिक्लाजुङ, तुम्बेवा, फालेलुङ, याङवरक–१–५ क्षेत्रका मतगणना सकिसकिएको छ भने बाँकी क्षेत्रका मतगणना अझै जारी छ।
