काठमाडौँ — सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार गजुरेलले १७,९४० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन), ले १४,७८० मत पाएका छन्। दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन्।
गजुरेलको जितले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिन्धुलीमा थप प्रभावशाली बनाएको छ।
