सङ्खुवासभा — सङ्खुवासभामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना शनिबार दिउँसो १ बजेबाट सुरु भएको छ। मतगणना जिल्ला समन्वय समितिको हलमा सञ्चालन भइरहेको छ।
सङ्खुवासभाका विकट क्षेत्रका मतपेटिकाहरू हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने भएकाले मतगणना सुरु हुन केही ढिलाइ भएको थियो। खराब मौसमका कारण शुक्रबार हेलिकप्टर उड्न नसकेपछि ती मतपेटिकाहरू शनिबार बिहान साढे ८ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो।
