भक्तपुर — भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार, खत्रीले ४२,३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १०,७१७ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका कबीर रानाले ८,३०५ मत प्राप्त गरे।
जानकारी अनुसार, भक्तपुर–१ मा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्।
