बझाङमा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर १८,५४३ मतसहित विजयी भएका छन्। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाश रसाइली १६,३४४ मतसहित पराजित भए।
अन्य परिणाममा, नेकपा उम्मेदवार मीनबहादुर कुँवर ९,७५७ मत र रास्वपा उम्मेदवार शैलेशकुमार सिंह ९,२६३ मत प्राप्त गरे।
निर्वाचन आयोगले यी परिणाम पुष्टि गरेको छ।
