वीरगन्ज — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु विजयी भएका छन्।
कानुले ३०,७४० मत प्राप्त गर्दै अजय चौरसिया (नेपाली कांग्रेस) लाई १८,८५० मतको फराकिलो अन्तरले पराजित गरे।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रिमा कुमारी यादव ले ११,६०५ मत प्राप्त गरेकी छन्।
सुशील कुमार कानुको राजनीतिक यात्रा स्थानीय तहको वडाध्यक्षबाट सुरु भएको थियो र उनले यसअघि सो पदमा निर्वाचित भइसकेका थिए।
पर्सा–२ मा कुल ९५,१२० मतदाता रहेकोमा ६५,८७८ मत खसेको थियो।
