बारा जिल्ला — बारा क्षेत्र नम्बर–३ बाट ४१ वर्षीय स्वतन्त्र उम्मेदवार अरबिन्द साह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
साहले ४०,६९७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी फरमुल्लाह मन्सुर (नेपाली कांग्रेस) लाई ३०,६४५ मतको फराकिलो अन्तरले पछि पारे।
तीस्रो र चौथो स्थानमा क्रमशः रामबाबु कुमार यादव (जनता समाजवादी पार्टी, ६,८८४ मत) र ज्वालाकुमारी साह (नेकपा एमाले, ५,२७१ मत) रहेका छन्।
बाराका अरबिन्द साह कम्प्युटर इन्जिनियर तथा उद्यमी हुन्। उनले जानकी टेक्नोलोजी प्रा.लि. स्थापना गरेका थिए र खल्ती एप मार्फत वित्तीय पहुँच र डिजिटल सेवामा योगदान दिइरहेका छन्।
विजयपछि साहले जनताको विश्वासलाई प्राथमिकतामा राखेर विकास, सामाजिक न्याय र विधिको शासन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
