चितवन जिल्ला — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा शानदार जित हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन्।
शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४,४०२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी मिना खरेल (नेपाली कांग्रेस) लाई ३९,८३८ मतको भारी अन्तरले पराजित गरे।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अस्मिन घिमिरे ले ६,९९२ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी का प्रताप गुरुङ ले ४,९६९ मत पाएका छन्।
चितवन–२ मा कुल ८७,०२८ मत गणना भएको थियो।
स्मरणीय छ कि लामिछानेले २०७९ सालको आम निर्वाचनमा ३४,२८१ मत अन्तरले विजय हासिल गरी ४९,३०० मत पाएका थिए, तर नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि उनले ५४,१७६ मतसहित भारी जित निकालेका थिए।
त्यस उपनिर्वाचनमा कांग्रेसका जितनारायण श्रेष्ठ ले ११,२१४ मत र एमालेका रामप्रसाद न्यौपाने ले १०,९३६ मत प्राप्त गरेका थिए।
