काठमाडौं — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ।
आज बिहान १०ः०० बजेसम्म कुल ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ नेपाली कांग्रेस ले ११ हजार ४५६ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ६ हजार ४७ मत पाएको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ हजार ८१८ मत, नेपाल कम्युनिष्ट पार्टी ले २ हजार ४२४ मत, श्रम संस्कृति पार्टी ले १ हजार ४७६ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय परिवर्तन पार्टी ले ८७१ मत, नेपाल मजदुर किसान पार्टी ले २५८ मत, नेपाल जनता संरक्षण पार्टी ले १३९ मत र प्रगतिशील लोकतान्त्रिक पार्टी ले १ हजार २३६ मत प्राप्त गरेका छन्।
समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभाका ११० सिट का लागि विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा भइरहेको छ भने मतगणना अझै जारी रहेको छ।
