इलाम जिल्ला — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ले फराकिलो अग्रता कायम गरेका छन्।
निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेम्वाङले ९ हजार ३८८ मत प्राप्त गरेका छन्।
उनीपछि श्रम संस्कृति पार्टी का उम्मेदवार सुदिप राई ७ हजार ७४२ मत सहित दोस्रो स्थानमा रहेका छन्। त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार भेषराज आचार्य ५ हजार २० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार गोकुल बहादुर राई रहेका छन्। उनले २ हजार ३४० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार ओम बहादुर गुरुङ ले ६७८ मत प्राप्त गरेका छन्।
मतगणनाको विवरण अनुसार अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले न्यून मत प्राप्त गरेका छन्। हालसम्म २८ हजार २६५ मत गणना भइसकेको छ। जसमध्ये २६ हजार ५९३ मत सदर भएको छ भने १ हजार ६७२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
मतगणना अझै जारी रहेको छ।
