सर्लाही जिल्ला — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह ले फराकिलो अग्रता कायम गरेका छन्।
सार्वजनिक भएको पछिल्लो विवरण अनुसार सिंहले १४,४३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का नेता गगन कुमार थापा ले ८,४६२ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाअनुसार अमरेश कुमार सिंहले गगन थापालाई ५,९७२ मतको अन्तरले पछि पारेका छन्।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अमनिश कुमार यादव २,२६१ मत सहित तेस्रो स्थानमा रहेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
