जुम्ला जिल्ला — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कनकासुन्दरी, सिंजा, हिमा, तिला र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका वडा नं. १ र २ को मतगणनाको पछिल्लो परिणामअनुसार शाहीले १० हजार ९९२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार नरेश भण्डारी ले ७ हजार १५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेस का दीपबहादुर शाही ले ४ हजार ३५२ मत र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शान्तिलाल महत ले ३ हजार ३५५ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी की विनिता कठायत ले २९६ मत, नेपाल मजदुर किसान पार्टी का वृषबहादुर रावत ले २९३ मत, मनऋषि धिताल ले ८९ मत, नेपाल जनता पार्टी का रनिलविक्रम शाही ले २८ मत, नेकपा माओवादी केन्द्र का वृष शाही ले ५६ मत र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल ले १२ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २४ हजार ७७७ मत गणना भइसकेको छ। जिल्लामा प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ मत (५७ प्रतिशत) खसेको छ, जसमा २१ हजार १८५ महिला र १९ हजार ७१२ पुरुष मतदाता रहेका छन्।
समानुपातिकतर्फ भने ४१ हजार ६३१ मत (५८.०३ प्रतिशत) खसेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा कुल ७१ हजार ७३९ मतदाता रहेका छन्।
