झापा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा जारी मतगणनामा बालेन शाहले फराकिलो अग्रता कायम राख्नुभएको छ।
पछिल्लो अपडेट (५:१० बजे साँझ) अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार शाहले १० हजार ४६६ मत प्राप्त गर्नुभएको छ।
उहाँका प्रतिस्पर्धी केपी शर्मा ओली (सूर्य) ले २ हजार २०५ मत प्राप्त गर्नुभएको छ।
यसैगरी रुख चुनाव चिन्हबाट प्रतिस्पर्धा गरिरहेकी मन्धरा चिमरियाले २९७ मत प्राप्त गरेकी छन् भने तारा चुनाव चिन्हका रन्जित तामाङले ३१८ मत ल्याएका छन्।
झापा–५ मा मतगणना जारी रहेको छ।
