धनकुटा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटा क्षेत्र नम्बर–१ मा जारी मतगणनामा सानबहादुर राईले अग्रता लिनुभएको छ।
माटो चुनाव चिन्हबाट उम्मेदवारी दिएका राईले हालसम्म १ हजार ५९० मत प्राप्त गर्नुभएको छ।
उहाँका प्रतिस्पर्धी राजेन्द्रकुमार राईले १ हजार ४० मत प्राप्त गर्नुभएको छ भने दिनेश राईले ७३४ मत ल्याउनुभएको छ।
यस्तै दिनेश भण्डारीले १४४ मत प्राप्त गर्नुभएको छ।
धनकुटा–१ मा मतगणना कार्य जारी रहेको छ।
