झापा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–१ मा जारी मतगणनामा निशा डाँगीले अग्रता हासिल गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डाँगीले हालसम्म ३ हजार १७० मत प्राप्त गर्नुभएको छ।
उहाँकी निकटतम प्रतिस्पर्धी केवराम राईले १ हजार ३२० मत प्राप्त गर्नुभएको छ।
यसैगरी केशवराज पाण्डेले १ हजार २८ मत प्राप्त गर्नुभएको छ भने रामचन्द्र उप्रेतीले ७८० मत ल्याउनुभएको छ।
डाँगी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित हुने सबैभन्दा कान्छी उम्मेदवार पनि हुन्। उनलाई रास्वपाले त्यसबेला समानुपातिकतर्फबाट सांसद बनाएको थियो।
झापा–१ मा मतगणना प्रारम्भिक चरणमा रहेको र अन्तिम परिणाम आउन भने केही समय लाग्ने जनाइएको छ।
