रूकुम पूर्व – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रूकुम पूर्वमा पुष्पकमल दाहाल (प्रचण्ड) जिततर्फ अग्रसर देखिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गर्नुभएको छ।
जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार रूकुम पूर्वमा कुल ३४ हजार ७७२ मतदाता रहेका छन्। तीमध्ये १९ हजार १०६ मत खसेको थियो।
हाल पुथाउत्तरगंगा गाउँपालिकाको मतगणना जारी रहेको छ।
पछिल्लो मतपरिणामअनुसार लिलामणि गौतमले ३ हजार १७ मत प्राप्त गर्नुभएको छ भने कुसुमदेवी थापाले २ हजार ४७७ मत प्राप्त गर्नुभएको छ। यस्तै लखनकुमार थापाले ७१२ मत प्राप्त गर्नुभएको छ।
रूकुम पूर्वमा मतगणना जारी रहेको छ।
