सिन्धुपाल्चोक – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा जारी मतगणनामा भरत पराजुलीले अग्रता लिनुभएको छ।
पछिल्लो मतपरिणामअनुसार पराजुलीले १ हजार ५४१ मत प्राप्त गर्नुभएको छ।
उहाँका प्रतिस्पर्धी माधव सापकोटाले ४५७ मत प्राप्त गर्नुभएको छ भने जगबहादुर तामाङले ४०७ मत ल्याउनुभएको छ।
यस्तै सरेश नेपालले ३०२ मत प्राप्त गर्नुभएको छ।
सिन्धुपाल्चोक–१ मा मतगणना जारी रहेको छ।
