भक्तपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राजीव खत्रीले अग्रता कायम राख्नुभएको छ।
पछिल्लो मतपरिणामअनुसार खत्रीले ११ हजार ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी महेश बस्नेतले ३ हजार ११६ मत प्राप्त गर्नुभएको छ।
हाल खत्रीले उल्लेख्य मतान्तरसहित अग्रता बनाइरहनुभएको छ। भक्तपुर–२ मा मतगणना जारी रहेको छ।
