काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गर्नुभएको छ।
पछिल्लो मतपरिणामअनुसार पुनले ३ हजार ३७५ मत प्राप्त गर्दै १ हजार ९२५ मतको अग्रता लिनुभएको हो।
उहाँका प्रतिस्पर्धी हरिकृष्ण श्रेष्ठले १ हजार ४५० मत प्राप्त गर्नुभएको छ। यस्तै अर्जुन थापाले १ हजार २३७ मत ल्याउनुभएको छ भने केवी भण्डारीले १ हजार १६४ मत प्राप्त गर्नुभएको छ।
म्याग्दीमा मतगणनाको सुरुआती चरणमा भने थापाले अग्रता लिनुभएको थियो। हाल मतगणना जारी रहेको छ।
