धरान – सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
जारी मतगणनाअनुसार गोमा तामाङले ४६१ मत प्राप्त गर्दै सुरुआती अग्रता हासिल गर्नुभएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार हुनुहुन्छ।
त्यस्तै हर्क साम्पाङले १५४ मत प्राप्त गर्नुभएको छ। उहाँ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुनुहुन्छ।
यसैगरी सुजेन्द्र तामाङले १०७ मत प्राप्त गर्नुभएको छ।
सुनसरी क्षेत्र नम्बर १ मा मतगणना कार्य जारी रहेको छ।
