झापा – झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शाहले पछिल्लो मतपरिणामअनुसार ६ हजार ५५१ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन्। हाल शाह ५ हजार १२३ मतले अगाडि छन्। यसअघि उनको मतान्तर ४ हजार ६ रहेको थियो।
यस्तै मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छन् भने चौथो स्थानमा रहेका रन्जित तामाङले १६५ मत पाएका छन्।
झापा–५ मा मतगणना जारी रहेको छ।
