बाजुरा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाजुरामा मतगणनाको तयारीस्वरूप सर्वदलीय बैठक सुरु भएको छ।
जिल्लाका सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा आइपुगेपछि सर्वदलीय बैठक बसेको हो।
बाजुराका १ सय १८ मतदान केन्द्रका मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन्। बैठकमा उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ।
बैठकमा मतगणना प्रक्रिया र व्यवस्थापनबारे छलफल भइरहेको बताइएको छ। बैठक सम्पन्न भएपछि आज बेलुका करिब ५ बजेदेखि मतगणना सुरु हुने अनुमान गरिएको छ।
