गुल्मी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मीमा जारी मतगणनामा सागर ढकालले अग्रता कायम राख्दै अघि बढिरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार ढकालले मतान्तर बढाउँदै लगेका छन् भने दोस्रो स्थानका लागि प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको छ।
मतगणनाको प्रारम्भिक तथा पछिल्लो चरणसम्म ढकाल अगाडि रहँदा ज्ञवाली र भण्डारीबीच दोस्रो स्थानका लागि मतान्तर निकै कम देखिएको छ।
जिल्लामा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
