काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत इलाम–२ मा जारी मतगणनामा सुहाङ नेम्वाङले प्रारम्भिक अग्रता लिनुभएको छ।
चुलाचुली–६ को मतगणनाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेम्वाङले ४९१ मत प्राप्त गर्नुभएको छ।
यस्तै सुदीप राईले ४४३ मत ल्याउनुभएको छ भने भेषराज आचार्यले २१० मत प्राप्त गर्नुभएको छ।
त्यस्तै गोकुल राईले १७१ मत प्राप्त गर्नुभएको छ।
इलाम–२ मा मतगणना जारी रहेको छ।
