काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले आफ्नो अग्रता झनै फराकिलो बनाउँदै लैजानुभएको छ।
पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले साढे ७ हजारभन्दा बढी मतको अग्रता कायम गर्नुभएको छ। उहाँले हालसम्म १० हजार ८२२ मत प्राप्त गर्नुभएको छ।
उता मीनाकुमारी खरेलले २ हजार २२७ मत ल्याउनुभएको छ भने अस्मिन घिमिरेले २ हजार ८४६ मत प्राप्त गर्नुभएको छ।
चितवन–२ को मतगणना जारी रहेको छ।
