काठमाडौँ । म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन्।
सुरुवाती मतपरिणामअनुसार त्रिभुज चुनाव चिह्नबाट उम्मेदवारी दिएका पुनले ९६६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ६१२ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको र आगामी परिणामसँगै मतान्तर थप स्पष्ट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
