इलाम — इलाम क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ। सर्वदलीय बैठकले मतगणना सुरु गर्ने सहमति गरेको छ।
मुख्य निर्वाचन अधिकृत रोशन गजुरेल का अनुसार मतगणनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ।
गजुरेलले भन्नुभयो, “सर्वदलीय बैठक सकिएको छ। अहिले हामी मतगणना प्रतिनिधिहरूको पास जारी गरिरहेका छौँ। अबको करिब आधा घण्टाभित्र मतगणना कार्य सुरु हुनेछ।”
