काठमाडौँ — काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जीतको सुरुवात गरेको छ। अन्तिम परिणामअनुसार रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभएको छ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार प्रबल थापा ले ६ हजार ३ सय ६४ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्र ले ३ हजार ९ सय ७२ मत ल्याउनुभएको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मोहनराज रेग्मी ले १ हजार ६ सय १८ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी की मेनुका भण्डारी ले ३ सय ४५ मत ल्याउनुभएको छ भने श्रम संस्कृति पार्टी का समीर लामा तामाङ ले ४ सय २६ मत प्राप्त गर्नुभएको छ।
