प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आजै रातिबाट सुरु हुने भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त क्षेत्रको मतगणना आज राति ११ बजेदेखि सुरु गरिने तयारी गरिएको छ। मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य पूरा भएपछि मतगणना प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान भएको थियो। भक्तपुर जिल्लामा प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।
निर्वाचन कार्यालयले मतगणना कार्य पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गरिने जनाएको छ।
