प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को मतगणना आज राति १० बजेदेखि सुरु हुने भएको छ।
निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार सर्वदलीय बैठकपछि राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको हो।
मतगणना काठमाडौंको बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा हुने निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृत खड्काले सर्वदलीय बैठकमा सहभागी दलहरूबीच सहमति भएपछि मतगणनाको समय तय गरिएको जानकारी दिए।
काठमाडौं–१ मा भएको मतदानको मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य पूरा भएसँगै अब राति १० बजेदेखि औपचारिक रूपमा मतगणना प्रक्रिया सुरु हुने बताइएको छ।
