काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् युएईले युद्धका कारण अलपत्र परेका नेपाली नागरिकलाई सहयोग गर्न ‘आपतकालीन प्रतिक्रिया टोली’ गठन गरेको छ।
टोलीले युएईका विभिन्न विमानस्थलमा अलपत्र परेका, भिसा अवधि सकिएका वा कम्पनीले भिसा रद्द गरेपछि समस्यामा परेका नेपालीहरूको विवरण संकलन गर्न सहयोग गर्ने जनाएको छ। साथै, नेपाल सरकारले सञ्चालन गरेको अनलाइन पोर्टलमा विवरण दर्ता तथा अद्यावधिक गर्न पनि सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख छ।
‘सम्बन्धित व्यक्तिले तल उल्लेखित सम्पर्क नम्बरहरूमा फोन गरी आफ्नो विवरण टिपाउन वा अनलाइन पोर्टलमा अद्यावधिक गर्न सहयोग लिन सक्नु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।
सम्पर्क नम्बरहरू:
केशव शर्मा नेपाल — ०५२ ६६७ ०७७४ (आबुधाबी)
टकबहादुर गुरुङ — ०५० ७७७ ५२१० (शारजाह)
ईश्वर श्रेष्ठ — ०५० २११ ६५३६ (अल नाहदा, दुबई)
थानेश्वर तिमिल्सिना — ०५५ ७०९ ०२३१ (अल ऐन, आबुधाबी)
नवराज श्रेष्ठ — ०५६ ११५ १७१० (दुबई)
सुमनकुमार भण्डारी — ०५२ ३५५ १७६८ (शारजाह)
सुभास न्यौपाने — ०५५ ६७० ८९८६ (दुबई)
अस्मत घिमिरे — ०५५ ६७० ०१७७ (आबुधाबी)
रश्मी रिजाल — ०५५ ३५४ ५५८१ (आबुधाबी)
गोपाल श्रेष्ठ — ०५२ ४८२ १८०१ (दुबई)
खेमराज थापा — ०५४ ३३२ ६१९१ (फुजेराह)
