सिराहा । Janata Samajbadi Party Nepal (जसपा) नेपालबाट सिराहा क्षेत्र नम्बर–३ का उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार राति नियमित चेकजाँचका क्रममा यादवलाई पक्राउ गरिएको हो। उनीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
