काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथमा लैजानुपर्ने निर्वाचन आयोग नेपालले जनाएको छ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका लागि मान्य कागजातका रूपमा स्वीकार गरिनेछ।
आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तथा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले तोकिएको मतदान केन्द्रमा गई आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।
