काठमाण्डौ – रामेछाप जिल्लामा मतदान सामग्री र निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सेनाका अनुसार दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको हो।
यसअघि दुर्घटनामै असई पर्शुराम यादवको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य ७ जनाको काठमाण्डौस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ।
ना ७ ख ६७६८ नम्बरको गाडी रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गर्दा हिजो दुर्घटना भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
