काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई का अनुसार अधिकारीलाई नियन्त्रणमा लिइएको हो।
सामाजिक सञ्जाल युट्युबमार्फत ‘निर्वाचन हुँदैन’ भन्दै अफवाह फैलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय ले उनलाई पक्राउ गरी आइतबार साँझ काठमाडौँ प्रहरीलाई बुझाएको जनाएको छ।
अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
