काठमाडौँको नयाँ बानेश्वरमा भएको सवारी दुर्घटनामा एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
Kathmandu District Police Officeका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइराला हुन्। उनी नायब सुब्बा (नासु) पदमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।
प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार कोइरालालाई आज बिहान करिब ८:४५ बजे नयाँ बानेश्वरस्थित Civil Hospital Kathmandu अगाडि बा.२ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा बिहान ८:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
