नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार सुन प्रतितोला ३,२०,५०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर ३,२६,१०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदी आइतबार प्रतितोला ५,९८५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज प्रतितोला ६,०२० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ५,३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
