काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहेकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावल का अनुसार सम्बोधनको मुख्य विषय फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक अवस्था हुने बताइएको छ।
“आज प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा महत्त्वपूर्ण सन्देश दिने तयारी गरिरहेकी छिन्,” रावलले भने। सम्बोधन प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने बारेमा छलफल जारी छ।
गत भदौमा भएको जेनजेड आन्दोलन पछि भदौ २७ मा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। उनलाई छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।
सम्बोधनमा आगामी निर्वाचन, सरकारका प्राथमिकता, राजनीतिक स्थिरता र जनताका अपेक्षाबारे जानकारी दिइने अपेक्षा गरिएको छ।
