सुनसरी – प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३८ वर्षीय प्रबिन मिश्र, मोरङ पथरी शनिश्चरे नगरपालिका–१० का ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुर साल्पा सिलिछो गाउँपालिका–१ का ४६ वर्षीय डिल्लिराम बोहोरालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।
