पोखरा – पोखरा महानगरपालिका–६ ड्यामसाइड नजिक खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ।
आइतबार फेला परेको शव करिब २५ वर्षीया युवतीको भएको अनुमान गरिएको भए पनि हालसम्म पहिचान खुलेको छैन।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर गथापाका अनुसार शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
